बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले मिटर ब्याज सम्बन्धी उजुरी दिन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो।
वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। मिटर ब्याज पीडितहरुले अनलाइनबाट समेत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
Facebook Comments Box