धनगढी: काठमाडौंबाट धनगढीका लागि उडेको जहाज नेपालगन्जमा आकस्मिक अवतरण गरिएको छ। आज (शनिबार) बेलुका बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको हो।
धनगढीको आकाशमा पुगेर अवतरण गर्न केही मिनेट बाँकी रहेका बेला मौसममा एक्कासी खराबी देखिएपछि विमान फिर्ता भएको थियो।
खराव मौसमका कारण आकाशबाटै विमान फर्किएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। त्यसपछि उक्त विमानलाई नेपालगञ्ज विमानस्थलमा सुरक्षित अवतरण गराइएको उनले बताए।
विमान काठमाडौँबाट ७ बजेर ३६ मिनेटमा धनगढीका लागि उडेको थियो। धनगढी आउनुपर्ने विमान प्रतिकुल मौसमका कारण नेपालगञ्जमा अवतरण गरेपछि यात्रुहरु अलपत्र परेका छन्।धनगढीबाट काठमाडौँबाट लागि टिकट काटेका यात्रुहरुको टिकट रकम भने बुद्ध एयरले फिर्ता गरेको छ।
Facebook Comments Box