धनगढी: नेकपा एकीकृत समाजवादीकी चर्चित नेत्री रामकुमारी झाक्री सुदूरपश्चिम पुगेकी छन्। झाक्रीले आफू सुदूरपश्चिमस्थित कैलालीको गेटा पुगेको सामाजिक संजालमार्फत जानकारी दिएकी छन्।
उनले आफूले गेटामा निर्माण भएको मेडिकल कलेजबारे पछि कुरा गर्ने जनाएकी छन्। तर, कहाँ, कहिले र को संग कुरा गर्ने भन्नेबारे भने उनले खुलाएकी छैनन्। गत सालमा अहिलेकै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गेटामा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। यहाँ विश्वविद्यालय सञ्चालनमा आएमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा निकै टेवा पुग्ने छ। तर अहिलेसम्म पनि उक्त विश्वविद्यालय संचालन गर्ने प्रक्रिया भने अघि बढ्न सकेको छैन। जसका कारण विषेशज्ञ चिकित्सक र चिकित्सा शिक्षाको पर्खाइमा बसेका सुदूरवासी चिन्तित बनेका छन्।
Facebook Comments Box