धनगढी – बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ गढी टुडीखेलमा निर्माणाधीन
सभाहलको काम अलपत्र पारेर ठेकेदार गायब भएका छन्।
सभाहल निर्माणको ठेक्का लिएका ठेकेदार दावा शेर्पा काम अलपत्र पारेर सम्पर्कविहीन बनेका हुन्।
सभाहल निर्माण सुरु भएको ६ वर्ष बित्यो तर काम भने सम्पन्न नभएको बताइएको छ। सभाहल सहरी विकास मन्त्रालयको बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग डोटीले हेर्ने गरी २०७४ मा सुरु गरिएको थियो।
खामपाते शेर्पा निर्माण सेवा कम्पनीसँग २ करोड २३ लाख १४ हजार लागतमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो। २०७४ साल पुस १८ गते सम्झौता भएर २०७६ असार १७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर, अहिलेसम्म पूर्णता पाएको छैन। अलपत्र सभाहल अहिले जीर्ण बन्दै गएको छ।
Facebook Comments Box