काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । हत्या अभियोग लागेका सांसद कोइरी प्रतिनिधि सभा सदस्य कोइरी लगातार १० वटा भन्दा बढी संससद बैठकमा अनपसिथत भएपछि निलम्बित भएका छन् हुन् ।
आज (मंगलबार) सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
सभा सञ्चालन नभएको अवस्थामा सभामुख घिमिरेले सूचना टाँस गरेर सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।
सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो । सो पत्रपछि सभामुख घिमिरेले सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।
उनीमाथी तराइ आन्दोलनको क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विक हत्याको आरोप छ ।