कञ्चनपुर: कञ्चनपुरको दक्षिणी क्षेत्रमा क्यामरा जडान गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पचुईँ क्षेत्रमा बाघको निगरानीका लागि ६ वटा स्वचालित क्यामरा जडान गरिएको हो। नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिन थालेपछि क्यामरा जडान गरिएको छ।
स्थानीयमा बाघको त्रास रहेका बेला राष्ट्रिय प्राकृतिक सरक्षण कोष, शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सहयोगमा डिभिजन वन कार्यालय कञ्चनपुरले सीमा क्षेत्रमा ६ वटा क्यामरा जडान गरेको हो। सीमा क्षेत्रमा बाघबाट थप घटना नघटोस भन्ने उदेश्यले ६ वटा स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले बताएको छ।
वैशाख ८ गते सोही क्षेत्रमा घाँस काट्न गएकी बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईकी गंगा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो।
Facebook Comments Box