धनगढी: अयोग्य लडाकुलाई २ लाख दिने सरकारी निर्णय फिर्ताको माग गर्दै एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीले धनगढीमा प्रदर्शन गरेको छ ।
धनगढीस्थित जिल्ला प्रशासन कार्यालय अघि प्रदर्शन गर्दै राष्ट्रिय युवा संघ नेपाल कैलालीले अयोग्य लडाकुलाई रकम दिने तयारीका साथ सरकारले गरेको निर्णय फिर्ताको माग गरिएको हो। देशमा आर्थिक अवस्था जटिल बन्दै गइरहेका सरकारको उक्ता निर्णय देश थप संंकटमा पर्ने भन्दै तत्काल निर्णय फिर्ता लिन राष्ट्रिय युवा संघले माग गरेको छ।
जिल्ला प्रशासन कार्यालय अघि राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष लक्ष्मण थापाले सरकार तत्काल उक्त निर्णयबाट पछि नहटे सशक्त आन्दोलन सुरु हुने चेतावनी दिएका थिए।
Facebook Comments Box