धनगढी: कञ्चनपुरको शुक्लाफाँटामा एक प्रधानाध्यापकले कुटेर बालिका घाइते भएकी छन्। शुक्लाफाँटा–३ को जनज्योती आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता चौधरीले कक्षा २ मा अध्ययनरत बालिकामाथि कुटपिट गरेकी हुन्।
चौधरीको कुटपिटबाट ८ वर्षीय बालिका सिया चौधरीको हातमा चोट लागेको छ।बालिकाकी आमाले सरसफाई नगरेको भन्दै प्रधानाध्यापकले कुटपिट गरेको बताइन्।
कक्षा २ मा अध्ययनरत २० जना बालबालिकालाई प्रधानाध्यापकले कुटपिट गरेको स्थानीय प्रकाश चाधरीले बताए।
प्रधानाध्यापक सरितामाथि बिहीबार प्रहरीमा उजुरी दिने स्थानीयको तयारी छ। तर यता चौधरीले भने अन्जानमा विद्यार्थीलाई चोटपटक लागेको बताइन्।
Facebook Comments Box