धनगढी: कैलालीस्थित गौरीगंगामा सरकारी नम्बर प्लेटको मोटरसाइकल दुरुपयोग भएको पाइएपछि आलोचना भएको छ।
गौरीगंगा नगरपालिकाको नाममा रहेको ६८५ नम्बरको मोटरसाइकलले दुध ढुवानी गरेको भन्दै यतिबेला समाजिक संजालमा चर्को आलोचना भइरहेको हो। उक्त मोटरसाइकल नगरपालिकाका सहायक लेखापाल उप्रेन्द्र गिरीले चलाएको खुलेको छ।
तर गिरीले भने आफूले सहयोग गर्दा आलोचना सहनुपरेको प्रतिक्रिया दिएका छन् । ‘छिमेकीको छोरीको बिहे थियो । बजारबार दुध ल्याउन बाइक मागिरहेका थिए, मैले बाइक दिन मिल्दैन बरु म आफै ल्याइदिन्छु भनेर सहयोग मात्रै गरेको हो’ उनले भने, ‘सहयोग गर्दा गलत मानसिकता भएका मान्छेहरुले बदनाम गर्ने प्रयास गरे।’
Facebook Comments Box