काठमाडौं– नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया बिना नै चीनबाट ६ अर्ब रुपैयाँको हतियार खरिद गर्ने तयारी गरिरहेको प्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै यो निष्पक्ष अभ्यास र पारदर्शिताप्रति बेवास्ता गरिएको प्रष्ट संकेत भएको जनाएको हो ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बफादारिता र इमान्दारिताको मूल्य मान्यता राख्ने संस्था मानिने नेपाली सेनाले यस्तो अनैतिक व्यवहार देखाउनु दुःखद भएको बताए। एक राष्ट्रको रूपमा, हामी हाम्रो सुरक्षामा सम्झौता गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ । नेपाली सेनाले इमान्दारिता र पारदर्शिताको उच्चतम् मापदण्डलाई कायम राख्दै हाम्रो लोकतन्त्रको मूल्य र सिद्धान्त अनुरूप काम गर्न अभियानले जोड दिएको छ ।
यस्ता आरोपको छानबिन गरी भविष्यमा यस्ता घटना नदोहोरियोस् भनी चाँडो कारबाही गर्न नेपाल सरकारलाई अभियानले आग्रहसमेत गरेको छ ।