अत्तरीया – उपचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् ।
गोदाबरी नगरपालीका स्थित अत्तरियामा रहेको पदमा अस्पतालमा गो. न. पा ._३ का ३८ वर्षिय बिनोद कुमार बोहराको उपचारका क्रममा निधन भएको हुँदा अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीय र मृतकका आफन्तले तोड फोड गरेका हुन् ।
शनिबार अस्पतालमा भएको उक्त घटना पछी आफन्त आक्रोशित भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।
आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा ढुंगामुडा प्रहार गर्दा अस्पताल बाहिरको सिसा फुटेको र येम्बुलेन्स पनि तोडफोड गरिएको उनले बताए । आक्रोशित भिड लाई काम गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरिएको छ । आक्रोशित आफन्त र अस्पतालबीच छलफल गर्दै समन्वयको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।