बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–८ सैनीका ३८ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका मानबहादुर बिष्टलाई कारागार चलान गरिएको छ।
प्रहरीले आफ्नो अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलमार्फत अदालतमा पेश गरिएका बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। जिल्ला अदालतका न्यायधिश जयानन्द पनेरुको एकल इजलासले बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
सोही घटना पक्राउ परेकी धनमती भण्डारीलाई अदालतको आदेश अनुसार साधारण तारेखमा छोडिएको प्रहरी निरीक्षक जोशीले बताए।
वैशाख २ गते साँझ घाँटी रेटेर हत्या गरेको अवस्थामा जोशीको शव फेला परेको थियो। त्यसको भोलिपल्ट प्रहरीले हत्या अभियोगमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
Facebook Comments Box