धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई निवेदन दिन ७ दिनको म्याद थप गरेको छ। प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै मिटर व्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भए बमोजिम मिटरब्याज पीडितलाई निवेदन दिन अनुरोध गरेकोे हो।
यसअघि प्रशासनले बैशाख १७ गतेदेखि ३१ गते सम्म १५ दिन मिटरब्याज पीडितलाई निवेदन दिन अनुरोध गरेको थियो।
प्रशासनले पीडितलाई आफूसँग भएका सबुत प्रमाणसहित कार्यालय परिसरभित्र स्थापना भएको अनुचित लेनदेन पीडित सहायता कक्षमा सम्पर्क राखी तोकिएको ढाँचामा फाराम भर्न भनेको छ।
Facebook Comments Box