धनगढीः कैलालीको धनगढीस्थित एक खाद्य स्टोरमा आगलागी भएको छ। हिजो (शनिवार)
राति धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडीको पिपि ट्रेडर्समा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कृष्णदत्त पाण्डेले सञ्चालन गरेको उक्त स्टोरमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागीबाट स्टोरभित्र रहेको गोदाम पूर्ण रुपमा नष्ट भएको र त्यहाँ रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगाएतका सम्पूर्ण खाद्य सामान जलेको प्रहरीले जनाएको छ।
आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालकको दाबी छ। तर प्रहरीले भने प्राविधिकले क्षति विवरण संकलन गरिरहेको बताएको छ। धनगढी उपमहानगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।
Facebook Comments Box