धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा २६ वर्षीय मुकेश याखा, ३० वर्षीय भुवन याखा र ३३ वर्षीय पविन याखा रहेको प्रहरीले जनाएको छ । शनिबार अपराह्न मौनाखोला नजिकको जंगलमा सुँगुरलाई चारो खोज्ने क्रममा उनीहरु चितुवाको आक्रमणमा परेको प्रहरीको भनाइ छ । घाइतेमध्ये पविनको स्थानीय मेडिकलमा उपचार गरिएको छ भने मुकेश र भुवनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
सुरुमा मुकेशलाई चितुवाले आक्रमण गर्दा छुट्याउने क्रममा अन्य घाइते भएको जनाइएको छ ।
Facebook Comments Box