काठमाडौं: चक्रवाती आँधी ‘मोका’ तीव्र गतिमा शक्तिशाली हुँदै गएको छ। यसका लागि भारतको मौसम विज्ञान विभागले लगातार चेतावनी दिइरहेको छ।
बंगालको खाडीमा विकसित मोखा चक्रवातसमेतको असरले काठमाडौं उपत्यकासहितका पहाडी जिल्लाहरुमा आजदेखि तीन दिन बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बंगालको खाडीमा विकसित ‘मोखा’ नामको चक्रवातको आंशिक प्रभाव तथा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज, भोलि र पर्सि पहाडी भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको हो । चक्रवातले भने नेपालमा धेरै असर गरेको छैन ।
यो आँधी बङ्गालको खाडीबाट बङ्गलादेश र म्यानमारतर्फ बढिरहेको छ । यसमा सय किलोमिटरप्रति घण्टाको गतिले तीव्र हावा चल्ने र मुसल धारे वर्षा हुने सम्भावना जताइएको छ ।
नेपालको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको मोका चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको जानकारी दिएको छ ।
महाशाखाका अनुसार उक्त चक्रवात उत्तर–उत्तर – पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेख्य प्रभाव नरहने देखिन्छ ।