बारा: बारामा लामखुट्टे भगाउन बालिएको धुपबाट आगो सल्किँदा एक घर जलेर नष्ट भएको छ । आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एक घरमा आइतवार राति आगलागी भएको हो ।
आगलागीमा परि घरधनी ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेका छन् । आगलागीबाट चार लाख १० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Facebook Comments Box