धनगढी: कैलालीको खुटिया नदीमा जैविक तटबन्ध गरिँदैछ । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ स्थित खुटिया नदीले बर्सेनि सडक र खेतीयोग्य जमिन कटान गर्दै आएपछि उपमहानगरले जैविक तटबन्ध गरिरहेको हो ।
साथै धनगढी-२ मा नाला अतिक्रमण गरेर भौतिक संरचना निर्माण भएको स्थानमा उपमहानगरबाट सूचीकृत बेरोजगार श्रमिकले काम गरिरहेका छन् । उपमहानगका अनुसार उनीहरुले सामुदायिक आयोजनाहरुमा संलग्न भएर काम गर्दै आएका छन् ।
Facebook Comments Box