कैलाली: कैलालीको गोदावरी नगरपालिका–६ का किसानलाई बंगुर वितरण गरिने भएको छ । सो वडाका किसानलाई १५० बंगुरका पाठापाठी वितरण गरिने भएको हो ।
भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको साझेदारीमा २ समूह मार्फत बंगुरका पाठापाठी वितरण गर्न लागिएको छ । जंगली बंगुरपालन कृषक समूहकी अध्यक्ष विमला चौधरीका अनुसार बंगुर पालन किसान समूह र जंगली बंगुरपालन किसान समूह मार्फत किसानहरुलाई बंगुरका पाठापाठी वितरण गर्न लागिएको छ ।
कार्यक्रम अन्तरगत एक जना किसानलाई २ ओटा बंगुर वितरण गरिने बताइएको छ ।
Facebook Comments Box