कैलाली: कैलालीको धनगढीमा बेहोस भेटिएर उपचारको क्रममा मृत्यु भएका युवकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का गणेशबहादुुर सार्की भएको खुलेको हो ।
सामाजिक सञ्जालमा मृतकको तस्बिर देखेपछि जिल्ला प्रहरी कार्यालय पुगेका सार्कीका परिवारले उनको सनाखत गरेको प्रहरीले जनाएको छ । मृतकको परिवार घटनाको अनुुसन्धानका लागि जाहेरी दिने तयारीमा छन् ।
सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित शुभश्री रेस्टुरेन्ट एन्ड बारमा उनी बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएका उनको त्यहीँ मृत्यु भएको थियो ।
Facebook Comments Box