कञ्चनपुरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध उजुरी दिनेहरूको घुइँचो लागेको छ । जिल्ला प्रहरी कार्यालयले संस्थाविरुद्ध उजुरी दिन आग्रह गरेसँगै उजुरी दिनेहरूको घुइँचो लागेको हो ।
प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका विभिन्न जिल्ला शाखाका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकाले कञ्चनपुरमा पनि त्यस्तो समस्या भए जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको थियो ।
बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आग्रह गरिएको थियो । उक्त सूचना पश्चात कञ्चनपुरमा पनि उजुरी दिनेहरुको भिड नै लागेको हो ।
Facebook Comments Box