कैलाली: टीकापुर घटनामा कैलाली कारागारमा रहेका सीताराम चौधरी सर्वोच्च अदालतले निर्दोष ठहर गरेपछि छुटेका छन् । मंगलवार सर्वोच्चले निर्दोष ठहर गर्दै फैसला गरेपछि चौधरी बुधवार रिहा भएका हुन् ।
चौधरी २०७३ वैशाख २७ गते पक्राउ परेका थिए । सीतारामसँगै गंगाराम चौधरीलाई पनि सर्वोच्चले निर्दोष ठहर गरेको थियो । टीकापुर घटनामा उनी निर्दोष ठहर भएपनि उनीविरुद्ध अर्को ज्यानसम्बन्धी मुद्दा भएका कारण उनी रिहा नभएको कारागार प्रशासनले जनाएको छ ।
Facebook Comments Box