कञ्चनपुर: कञ्ञ्चनपुरका किसान मल नपाएर हैरान भएका छन् । मल नपाएर हैरान भएका जिल्लाको कृष्णपुर नगरपालिका २ का किसानको सहकारी कार्यालयमा भिड लागेको छ ।
उक्त वडाको वाणीस्थित चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्थामा किसानहरुको भिड लागेको हो । खेतीपाती गर्ने समयमा मल नपाउन थालेपछि किसान चिन्तित बनेका छन् ।
कुनै एउटा वडा वा स्थानीय तह मात्र नभई सुदूरपश्चिममा नै सधैँ मल अभाव हुने गरेको छ । सरकारले नै मल आपूर्ति गर्न सकेको छैन । जसका कारण किसानहरु मर्कामा पर्ने गरेका छन् ।
Facebook Comments Box