बैतडी: बैतडीमा मदिरा पसलमा भेटेनरी सेवा सञ्चालन गरेको पाइएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा मदिरा पसलमा भेटेरेनरी सञ्चालन गरेर औषधी विक्रिवितरण हुने गरेको पाइएको हो ।
मंगलवार गरिएको अनुगमनका क्रममा लाइसेन्स अर्कैको नाममा त्यसमाथि मदिराको कारोबारसंगै भेटेनरी सेवा समेत प्रवाह गरेका गाउँपालिकाको वडा नम्बर ३ र ४ भित्रका अधिकांश पसलमा अनुगमन गरेर जरिवान काटिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, ती वडामा नियमविपरित सञ्चलनमा रहेका पसलहरुमा ८२ हजार जरीवाना असुल गरिएको र तीन ओटा पसल सिल गरिएका जनाइएको छ । अन्य पसलहरुमा समेत अनुगन गरेर ५१ हजार मूल्य बराबरका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको छ ।
Facebook Comments Box