बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले सञ्चालन गरेको क्लिनिक सिल गरिएको छ ।
नियम विपरित सञ्चालनमा रहेको उक्त क्लिनिक गाउँपालिकाका प्रतिनिधि र प्रशासनको रोहबरमा उक्त क्लिनिक सिल गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
।
पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले अवैधानिक रुपमा क्लिनिक चलाउँदै आएका थिए ।
क्लिनिकमा गैर स्वास्थ्यकर्मीले बिरामी जाँच गर्ने देखि औषधी समेत विक्रि गर्ने गरेको पाइएको थियो भने स्वास्थ्य शाखा प्रमुख शाहकै श्रीमती श्यामा शाहले औषधी बिक्री गर्नेदेखि बिरामी समेत जाँच्ने गरेको पाइएको हो । उनी मेडिकल सञ्चालन सम्बन्धी कुनै शिक्षा हासिल नगरेकी गैर चिकित्सा व्यक्ति हुन् । यतिमात्रै होइन गैर चिकित्सा व्यक्तिले बिरामी जाँच देखि औषधी बिक्री गरी जनस्वास्थ्यमाथि गम्भिर लापरवाही गरिरहेको पाइएको हो ।
यसअघि पनि गाउँपालिकामा उक्त क्लिनिकबारेमा छानबिनको गर्न माग गर्दै निवेदन समेत परेको थियो । त्यसबेला पनि पालिकाले गरेको छानविनमा उक्त क्लिनिक गैरकानुनीरूपमा सञ्चालन रहेको नभेटिएपछि क्लिनिक निरन्तर चलाईरहेका थिए ।