काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आफ्ना चालु खर्चहरू कटौती गर्ने भएको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङले परिपत्र जारी गर्दै मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरूमा हुने खर्च कटौती नियन्त्रण गर्नुपर्ने देखिएको उल्लेख गरेका छन् ।
प्राधिकरणले प्रधान कार्यालय परिसरभित्र रहेका सबै कार्यालयहरू, निर्देशनालय र विभागमा विविध शीर्षकहरूमा हुने खर्च कटौती गर्न विभिन्न निर्णय गरेको छ ।
प्राधिकरणले कार्यकारी निर्देशकको स्वीकृतिबेगर सार्वजनिक बिदाको दिन गाडी प्रयोग गर्नसमेत प्रतिबन्ध लगाएको उक्त परिपत्रमा उल्लेख गरिएको छ ।
तह १० र त्यस भन्दामाथिका पदाधिकारी एवम् कार्यालय प्रमुख आयोजना प्रमुखलाई अतिरिक्त समय भत्ता र खाजा खर्च पनि नदिनेसमेत प्राधिकरणले निर्णय गरेको छ ।
Facebook Comments Box