धनगढीः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले कञ्चनपुरमा प्रदेश सरकारले सञ्चालन गरिरहेका आयोजनाहरुको अनुगमन गरेका छन् ।
बिहीवार मन्त्री देउवा नेतृत्वको टोलीले जिल्लाको महाकाली पारि रहेको दोधारा चाँदनी नगरपालिका जोड्ने सडक पुलको अनुगमन गरेका हुन् । प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त पुल निर्माण सम्पन्नपछि महाकाली पारीका बासिन्दालाई महेन्द्रनगर आवत जावतमा सहज हुनेछ ।
दोधरा चाँदनी-८ बाँसघारी सुन्दरनगर जोडने पक्की पुलको नर्माण कार्य तत्काल अघि बढाउने र सम्झौता अवधिभित्रै निर्माण सम्पन्न गर्ने उनले बताए । त्यस लगायत कञ्चनपुरमा प्रदेश सरकारद्वारा सञ्चालित अन्य योजनाको पनि मन्त्रीको टोलीले अनुगमन गरेको छ ।
Facebook Comments Box