काठमाडौँ: नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।
त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो । मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाण्डौका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ ।
निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ ।
Facebook Comments Box