धनगढीः कैलालीको घोडाघोडी ताल अवलोकनका लागि घोडा सवारीको व्यवस्था गरिएको छ । स्थानीय धनबहादुर शाहीले आफ्नो पुर्ख्यौली जिल्ला कालीकोटबाट २ ओटा घोडा ल्याएर आन्तरिक तथा वाह्य पर्यटकलाई घोडाघोडी ताल घुम्ने सुविधा दिएका हुन् ।
शाहीले विश्व रामसार सूचिमा सूचीकृत भएर देश विदेशमा नाम कमाएको घोडाघोडी तालमा घोडाबाट पर्यटकलाई तालको दृश्यावलोकन गराउने उद्देश्यले दुई लाख भन्दा बढी खर्चेर घोडा ल्याएको बताए ।
धनबहादुरलाई घोडा सवारीमा उनका फुपूका छोरा विनोदकुमार शाहीले साथ दिएका छन् । भीड भएका बेला दुवै जनाले पालैपालो गरेर घोडामा सवारी गराउने गरेका छन् ।
Facebook Comments Box