बैतडी: बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाललले जनतालाई आभास हुने गरी काम गर्ने बताएका छन् । जिल्लाको पाटन नगरपालिका–३ स्थित गुजर माविको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले हिजोको दिनमा प्रदेश सरकाबाट जनतालाई अभास हुने किसिमको विकास नभएको भन्दै अब अभास हुने गरी विकास गरिने बताएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रका समस्याबारे आफू जानकार रहेको बताउँदै सांसद पालले अब आवश्यकताको आधारमा विकास गरिने बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि पनि आफू प्रतिवद्ध रहेको बताए । विकासका लागि तीनै तहका सरकारबीच समन्वय हुन पनि आवश्यक रहेको उनको भनाइ थियो ।
सांसद पालले विकासका लागि राजनीतिक मनमुटाव नगरी एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताए ।
Facebook Comments Box