काठमाडौँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०–२०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विमानस्थल निर्माणअघि बढाइने बताएका छन् ।
लामो समयदेखि निर्माण गर्ने चर्चा भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अहिले भने निर्माण गर्नुपर्ने नपर्ने दुई खालको बहस चलिरहेको थियो ।
यसैबीच सरकारले निर्माण सुरु गर्ने स्पष्ट पारेको छ । यस्तै, निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने, हवाइसुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरिने र वायुसेवा निगमको पुनर्संरचना गर्ने नीति लिने पौडेलले बताए ।
Facebook Comments Box