धनगढी: सुदूरपश्चिम प्रदेश सरकारकी नवनियुक्त राज्यमन्त्री गीतादेवी मालले पदभार ग्रहण गरेकी छन्।
आजै नियुक्त भएर सपथ खाएकी वन, पर्यटन तथा वातावरण मन्त्री मालले मुख्यमन्त्रीबाट सपथ ग्रहण गरेपछि कार्यभार सम्हालेकी हुन्।
सामान्यतया राज्यमन्त्री र मन्त्रीले कुर्सीमा नै कार्यभार सम्हाल्ने प्रचलन हुन्छ। तर राज्यमन्त्री मालले कार्यभार सम्हाल्ने क्रममा त्रुटी गरेकी छन्। उनले आफ्नो श्रीमान र एक अर्का मानिससङ्ग सोफामै बसेर कार्यभार सम्हालेको तस्वीर सार्वजनिक भएको छ।
नेकपा माओवादी केन्द्रको तर्फबाट डडेल्धुराकी समानुपातिकतर्फकी प्रदेश सभा सदस्य रहेकी उनी पहिलोपटक राज्यमन्त्री बनेकी हुन्।
Facebook Comments Box