काठमाडौँ: नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गरेका छन् ।
ओलीले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको बताएका छन् । उनी भन्छन्, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ ।’
देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको उनले बताए । उनले नीति तथा कार्यक्रमले आम नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने, रूपान्तरणकारी नीति नभएको दाबी गरेका छन् ।
Facebook Comments Box