काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट मातृभूमिको रक्षा हुन कठिन देखिएको टिप्पणी गरेका छन् ।
उनले नीति तथा कार्यक्रमको १८५ नम्बर बुँदामा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन नसकेको बताउँदै यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन देखिएको बताएका हुन् ।
‘यो सरकारबाट मातृभूमिको रक्षा हुन कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको देखिएन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन’, उनले भने ।
Facebook Comments Box