बझाङ: आइतबार बझाङको सुर्मा गाउँपालिकामा गएको हिमपहिरोमा परेका पाँचैजनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार मृत्यु हिमपहिरोमा परेर सुर्मा गाउँपालिका–३ काँटेकी रामकोइला देवी बोहरा र जयपृथ्वी नगरपालिका–११की रमिता धामीको मृत्यु भएको छ।
रामकोइलाको शव सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ। यस्तै हिमपहिरोमा परि मृत्यु भएकी रमिता धामीको शव गाउँलेले फेला पारेका छन्।
पहिरोमा परेर जयपृथ्वी नगरपालिका–११ चैनपुरका आकास धामी र सुर्मा गाउँपालिका–३ का बाबजी बोहरा घाइते भएका छन् । उनीहरुलाई सदरमुकाम ल्याउने प्रयास भइरहेको छ।
हिमपहिरोमा पर्ने जयपृथ्वी नगरपालिका–११ की १४ वर्षिया जामती धामीको अवस्था भने अज्ञात रहेको छ।
हिमपहिरो गएको धानसेरा पाटनमा अहिलेसम्म पनि उद्दार टोली पुग्न सकेको छैन।
Facebook Comments Box