सिन्धुली : मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गर्न थालेको छ। स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छात्रालाई गाउँपालिकाले प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिन थालेको हो।
छात्रालाई प्रोत्साहन र स्थानीय विद्यालयको प्रवर्धन गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले बताए।
यही कार्यक्रमअन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका पाँच जनालाई जनही एक लाख हस्तान्तरण गर्यो। मरिण–७ का चार र वडा नं ६ की एकजना किशोरीलाई रकम प्रदान गरिएको हो। अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिबार मरिण सरकारबाट एक लाख बुझेकी मरिण–७ जयमंगलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुशी बनाएको बताइन्। उक्त रकमले स्नाकोत्तर पढ्न सहयोग पुग्ने उनको भनाइ छ
Facebook Comments Box