काभ्रे: किशोरीलाई यौनधन्दामा लगाउने रोशीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोशी गाउँपालिका ६ घर भई हाल बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनाली रहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।
लामाले क्याफेमा अनैतिक क्रियाकलाप गराउने गरेको सूचनाको आधारमा उनलाई जेष्ठ ५ गते पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोरा जानकारीले दिए। उनका अनुसार उक्त होटलमा ३ जना किशोरीहरूलाई यौनधन्दामा लगाइएको जानकारी प्राप्त भएको थियो। सूचना प्राप्त भएपश्चात अनुगमनमा जाँदा अनैतिक क्रियाकलाप गर्दै गरेको भेटिएपछि त्यहाँका किशोरीहरूलाई उद्धार गरिएको छ।
Facebook Comments Box