धनगडी – पूर्वराजा ज्ञानेन्द्र शाहले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको इज्जत र गौरव लोप भएको बताएका छन् ।
सोमबार धनगढीमा भएको उनको नागरिक अभिनन्दनमा सम्बोधन गर्दै पूर्वराजा शाहले उच्च तहका नेताहरूको यस्तो हर्कतले देशको इज्जत र गौरव लोप भएको बताएका हुन् ।
उनले भने( नेपाली जनतालाई आफ्नो भू(भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ। देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।
शाह पछिल्लो समय भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किएका हुन्। लखनऊ जानुअघि उनको नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको थियो।
उत्तर प्रदेशमा हुँदा पूर्वराजा शाहले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए।