धनगढी: बैतडीको मेलौलीमा सिँचाइको चरम समस्या देखिएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ को मुदरे वल्लो स्याल्तडी र पत्नी रुपान्तडी बस्तीमा सिँचाइको समस्या देखिएको हो।
सो बस्तीका ५० घरधुरीले २०६२ सालदेखि सिँचाइ अभावको समस्या झेलिरहेका छन्। सिँचाइको समस्या भएपछि त्यहाँ १० हेक्टर खेतीयोग्य जमिनबाझो बनेको छ। जसका कारण उनीहरूको जीविकोपार्जनमा समेत कठिनाइ भएको छ।
सोही सन्दर्भमा उक्त बस्तीहरुमा प्रदेश सरकार र मातहतका निकायबाट सिँचाइको समस्या समाधानका लागि पहल गर्न माग गर्दै सिँचाइ उपभोक्ता समितिले प्रदेश सभा सदस्य शिवराज भट्टलाई ध्यानाकर्षण गराएको छ। सोमवार बैतडीबाट निर्वाचित भट्टलाई याक नेपाल नामक संस्थाको समन्वयमा उपभोक्ता समितिले ध्यानाकर्षण पत्र बुझाएको हो।
यस्तै, भट्टले पनि सो क्षेत्रमा समस्या रहेको ध्यानमा राख्दै सिँचाइ समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे।
यस्तो छ सिँचाइ समस्याको हिस्ट्री