काठमाडौँ: नेकपा एमालेका सांसद भानुभक्त जोशीले ‘बझाङमा अमेरिकी सेनाको क्याम्प छ’ भनी दाबी गर्ने राजनीतिक विश्लेषक भरत दाहाललाई कारबाही गर्न माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै जोशीले बझाङको साइपाल गाउँपालिकामा अमेरिकी सेनाको क्याम्प रहेको भनेर दाहालले भ्रमपूर्ण सन्देश फैलाएको भन्दै कारबाहीको माग गरेका हुन् ।
सांसद जोशीले दाहालले यही जेठ ६ गते भिडियो बनाएर साइपालको माझा भन्ने ठाउँमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेर बसेको, केही कांग्रेसका गुन्डाहरूले अमेरिकी सेनालाई राख्न सहयोग गरेको भनेर भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको बताएका छन् ।
उनले आफूले त्यहाँका स्थानीयलाई यसबारेमा सोधेको बताउँदै यो भ्रम पार्ने काम मात्र भएकोले यसबारे छानबिन गर्न गृह प्रशासनलाई माग गरेका छन् ।
Facebook Comments Box