काठमाडौँ: आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।
Facebook Comments Box