काठमाडौँ – बुधबारका लागि संघीय संसद्को संयुक्त बैठक आह्वान भएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर संघीय संसद्को संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।
सूचना अनुसार बुधबार दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । जहाँ संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको उल्लेख छ।
सोही अनुसार सम्भावित कार्यसूची समेत संसद सचिवालयले तय गरेको छ ।
Facebook Comments Box