काठमाडौँ: रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् ।
उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।
सरकारले आगामी सोमबार(१५ जेठ)को गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको छ । १५ फागुन २०७४ देखि थुनामा रहेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ ।
Facebook Comments Box