धनगढी: जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उमेशकुमार धामी २०८० वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी बनेका छन्।
शुक्रबार डडेल्धुरा प्रहरीका हाकिम एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले उनलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरे।
लागुऔषध नियन्त्रणमा विशेष योगदान पु¥याएको र समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा जनचेतनामुलक कार्यक्रमहरू सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले धामीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको डीएसपी भट्टले बताए।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले संगठनको नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेलाई सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै आएको छ।
नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुर दरबन्दी भएका धामी हाल अढाई वर्षदेखि यहाँ कार्यरत छन्। बैतडीको सिगास गाउँपालिका–५ खैरकोट घर भएका धामीले पढाइमा स्नातक गरेका छन्