धनगढीः कैलाली चुरे गाउँपालिका–२ मा रहेको दडी झरना गुमनामजस्तै छ। पर्यटनका दृष्टिकोणले महत्वपूर्ण मानिएको सो झरना ओझेलमा परेको हो।
झरनासम्म पुग्न असहज भएका कारण झरना ओझेलमा परेको बताइन्छ। पूर्वाधार विकास हुन नसक्दा सो झरनाको प्रचारप्रसार समेत नभएको हो। चुरेकै अग्लो भनेर दाबी गरिएको दडी झरनाको विकासमा सरकारले चासो दिए पर्यटन विकासमा टेवा पुग्ने छ।
भौगोलिक रुपमा निकै दुर्गममा रहेको सो झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ। दडी झर्ना करिब एक ५० मिटरको उचाइबाट झरिरहेको छ।
Facebook Comments Box