बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाका विद्यालयमा निरीक्षण गर्न थालिएको छ । जनप्रतिनिधि तथा सरोकारवालाको टोलीले सामुदायिक विद्यालयहरुमा निरीक्षण थालेको हो ।
विद्यालयमा रहेका समस्या पहिचानका लागि नियमित अनुगमन गर्न लागिएको बताइएको छ । गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टका अनुसार आज वडा नम्बर २ र ३ का सामुदायिक विद्यालयहरुको भौतिक व्यवस्थापन, पठनपाठनको स्थिति र प्रशासनिक तथा शैक्षिक गतिविधिहरुको निरीक्षण गरिएको छ ।
पहिलो पटक शैक्षिक क्यालेण्डर जारी गरेको गाउँपालिकाले अहिले शैक्षिक गुणस्तर सुधारका लागि काम गरिरहेको प्रवक्ता भट्टको भनाइ छ । अनुगमनमा गाउँपालिकाका प्रवक्ता, शिक्षा शाखा प्रमुख, सामाजिक शाखा प्रमुखको सहभागी थिए ।
Facebook Comments Box