काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशमलाल चौधरीले टीकापुर हत्याकाण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । सोमबार डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले टीकापुर घटनामा मारिएका परिवारले पनि न्याय पाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरू कसरी मारिए भनेर थाहा पाउनुपर्छ। त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउछ।’
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रिहा भएका हुन्।
Facebook Comments Box