काठमाडौँ: आममाफी पाएपछि कारागारबाट निस्केका रेशम चौधरी मन्त्री क्वार्टरबाट माइतीघर पुगेका छन् । आज बिहान बाजागाजा र फूलमालासहित डिल्लीबजार सदरखोरबाहिर स्वागत गरिएका उनी मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँगै मन्त्री क्वार्टर पुल्चोक गएका थिए ।
त्यहाँबाट निस्केर उनी माइतीघर पुगेका हुन् । चौधरी बागमती प्रदेश ०२४ च ८२७२ नम्बरको गाडीमा मन्त्री क्वार्टरबाट निस्केका हुन् । डिल्लीबजार सदरखोरबाट निस्केपछि उनी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिताको सवारी साधनमा सैनिक सुरक्षाका साथ झण्डा हल्लाउँदै मन्त्री क्वार्टरको ब्लक बी ३ भवन पुगेका थिए ।
Facebook Comments Box