धनगढी: धनगढीका विभिन्न क्याम्पसहरुमा नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले डस्टबिन राखेको छ। आज (सोमबार) गणतन्त्र दिवसको अवसरमा धनगढीका ५ क्याम्पसमा फोहोर विसर्जनका लागि भन्दै डस्टबिनहरु राखिएको हो।
नेविसंघको नगर कमिटीले हरेक क्याम्पसमा २/२ कुहिने र नकुहिने गरी डस्टबिन राखेको नगर सभापति दिपेश बोहराले बताए। सरसफाइलाई बढावा दिन डस्टबिन राखिएको उनले बताए। धनगढीको एसपीए क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस, नेपाल वैस्टर्न कलेज र एलाइन्स कलेजमा डस्टबिन राखिएको हो।
Facebook Comments Box