काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधारको अभियानमा लाग्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा उनले आफ्नो पद धरापमा परे पनि पार्टी सुधारको अभियानमा लाग्ने बताएका हुन् ।
“म काँग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दैगर्दा महामन्त्री गए जाओस्,” महामन्त्री थापाले भने, “म काँग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे तयार छु ।”
उनले तत्कालको काम पार्टीका नेता कार्यकर्तालाई निराशाबाट बाहिर ल्याउनुपर्ने भन्दै त्यसका लागि सबैको साथ चाहिएको बताए । पार्टी सुधार गरे काँग्रेसप्रतिको भरोसा नटुट्ने र नयाँ/पुराना दलले असर पनि नगर्ने उनको भनाइ छ ।
Facebook Comments Box